ट्याग 'समाचार निर्माता २०७५'
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर हुन्, सीता रानामगर । नेपाली महिला फुटबलकी स्ट्राइकर हुन्, सावित्रा भण्डारी ।
पुरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय खेलमा कुनै नेपालीले छलाङ मारेका छन् भने त्यो निर्विवाद नाम हो, सन्दीप लामिछाने । विख्यात क्रिकेटरद्वय सचिन तेन्दुलकर र साहिद अफ्रिदीको नाममा रहेको कीर्तिमान तोडेर एकाएक चर्चामा आए, रोहित पौडेल ।
पुरा पढ्नुहोस्

ऐतिहासिक स्वर्णधारी

चैत्र २८, २०७५

नाममा के छ ? महेश्वरमान श्रेष्ठ र अजित यादवलाई सोधे हुन्छ। दुवैले नामअनुसारकै परिणाम दिलाए। महेश्वरमानले १० औँ विश्व बडीबिल्डिङ खेलबाट मुलुकमा पहिलो स्वर्ण भित्र्याएर राष्ट्रको 'मान' राखे। कसैले जित्न नसक्ने अर्थात् अजितले मुलुकलाई एथ्लेटिक्समा पहिलो युथ एसियाली स्वर्ण दिलाए।
पुरा पढ्नुहोस्
नेपाल वायु सेवा निगमको महाप्रबन्धक छँदा दुइटा न्यारोबडी जहाज सुगतरत्न कंसाकारले सोझै निर्माता कम्पनीबाट किने, ०७० मा । निगमलाई बिचौलियाको जन्जालबाट मुक्त पारेको भन्दै त्यतिबेला प्रशंसा पाएको पाँच वर्षपछि एयरबसकै वाइडबडी किन्दा कंसाकारले आफ्नै नजिर उल्टाए ।
पुरा पढ्नुहोस्
तपस्वी भनिएका रामबहादुर बम्जनमाथि कालान्तरमा आफ्नै अनुयायीसँग यौन वासनापूर्ति गरेको आरोप लाग्यो । यस्ता अनैतिक हर्कत छोप्न अनुयायी सञ्चलाल वाइबा, सुरेश आलेमगर, रीता बोट, कर्मा तामाङ र फूलमाया रुम्बालाई बेपत्ता बनाएको आरोपसमेत छ उनीमाथि ।
पुरा पढ्नुहोस्
गृहमन्त्री थापाले ३३ किलो सुन प्रकरणमा छानबिन समिति बनाए पनि त्यत्तिकै अलपत्र पर्यो । एनजीओ/आईएनजीओका खाता नियमित गर्ने, मदिरा नियन्त्रणको प्रचारसमेत गरे । तर उनका यी कुनै पनि कदम गन्तव्यमा पुग्न सकेनन् । बरु सबै निर्णयबाट पछि हटे ।
पुरा पढ्नुहोस्
स्रोत-साधनसम्पन्न र उच्च जनघनत्व रहेको काठमाडौँको साख मेयर विद्यासुन्दर शाक्यले जोगाउन सकेनन् । चुनावअगाडि घोषणा गरेका मेट्रोरेल, मोनोरेलजस्ता घना प्रोजेक्टमा उल्लेख्य प्रगति भएन नै, धूलो, बाटो, नालीजस्ता आधारभूत पाटो अझ अस्तव्यस्त भए ।
पुरा पढ्नुहोस्
सीके राउत र नेत्रविक्रम चन्द 'विप्लव' दुवैले अतिवादी बाटो अवलम्बन गरेका थिए । विप्लवको तुलनामा राउतको कदम अझ बढी खतरनाक थियो । विप्लवको मुख्य माग सत्ता परिवर्तन छ भने राउतले राज्य टुक्र्याउने माग राखिरहेका थिए ।
पुरा पढ्नुहोस्
२९ औँ प्रधानन्यायाधीशका रुपमा १८ पुसमा शपथ लिए, चोलेन्द्रशमशेर राणाले । उनको विगत विवादरहित होइन । तर प्रारम्भिक तीन महिनाका केही आदेश र न्यायाधीशमाथिका कारबाहीले उनी चर्चामा मात्र आएनन्, न्यायालयको बिग्रेको छवि सुध्रिने अपेक्षा पनि बढाइदियो ।
पुरा पढ्नुहोस्