ट्याग 'फिल्म समीक्षा'
बासी मसलेदार फिल्मबाट दिक्दार दर्शकलाई बुलबुलले राहत दिनेछ । रैथाने स्वाद रुचाउनेले त छुटाउने कुरै भएन । यसले मौलिक दृश्य–भाषा निर्माणमा एउटा दरिलो इँटा थप्नेमा सन्देह छैन ।
पुरा पढ्नुहोस्
अन्य स्वदेशी लभस्टोरी फिल्मभन्दा समर लभ निम्छरो छैन । ढकालले फिल्मको आधारभूत संरचना नाघेका छैनन् । उपन्यासको कदमा नपुग्ने मात्र हो ।
पुरा पढ्नुहोस्
गाई पालेर देशमै उद्यम गरेका युवालाई मुख्य भूमिकामा उभ्याइनु आफैँमा सुखद हो । तर विषयले मात्र फिल्मलाई विशेष बनाउँदैन । कसिलो संरचना र सिर्जनशील दृश्य नहुँदा फिल्म फिक्का भइदिन्छ ।
पुरा पढ्नुहोस्
अंग्रेज शासनका दमनका अनेक किस्सा सुनेका भारतीय दर्शकलाई मणिकर्णिका प्रिय लाग्न सक्छ । कंगना रनावतका फ्यानले पनि नछुटाउँदा हुन्छ । तर घटनाक्रम नवीन र पटकथा कसिलो नहुँदा यो फिल्म झाँसीकी रानी लक्ष्मीबाईझैँ सशक्त छैन ।
पुरा पढ्नुहोस्
सर्जिकल स्ट्राइकका बारेमा जान्न चाहने र एक्सन–थ्रिलरका पारखीलाई उरीले निराश पार्दैन । फिल्म हेरेपछि जोकोही विक्कीको फ्यान हुन्छन् ।
पुरा पढ्नुहोस्
अर्थ र कारणबिना कोरा कमेडी रुचाउने/पचाउनेलाई समेत चौका दाउले सन्तुष्ट बनाउन हम्मेहम्मे पर्छ ।
पुरा पढ्नुहोस्