तीनपुस्ते होनचा

- नेपाल संवाददाता

घुम्नु र खानु पनि एक कला हो । नयाँ ठाउँ घुम्दै र त्यहाँका स्थानीय खाना खाँदै हिँड्ने थुप्रै टिभी कार्यक्रम छन्, पश्चिममा । तपाईंलाई पनि रमणीय ठाउँ घुम्दै खाने रहर लाग्छ भने पाटन दरबार स्क्वायर उपयुक्त थलो हो । दरबार नजिक थुप्रै नेवारी परिकार पाइने रेस्टुराँ छ । तर तीनपुस्ते होनचाको शानै बेग्लै । छोयला, स्यः, यमरी, बारा, छ्याङ के खाने ? सबै पाइन्छ, तीनपुस्ते होनचामा । साथी, परिवारसँग बसेर मीठो स्वादका परिकार खान सकिन्छ, सुपथ मूल्यमा ।

प्रकाशित: असार २५, २०७६

ट्याग: सहरमा