नाटकमा तस्करी

- नेपाल संवाददाता

२१ औँ शताब्दीको डरलाग्दो रोग हो, मानव तस्करी । नेपाल पनि त्यसबाट अछुतो छैन । कुनै बेला भारतमा मात्र तस्करी हुने नेपाली नागरिक अहिले खाडीमा बेचिइरहेका छन् ।

यसै विषय समेटिएको नाटक कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा प्रदर्शन भइरहेछ दी फ्लाइट । फ्रान्सेली कलाकार अलिजे बिआनिकको लेखन/निर्देशन रहेको नाटक सोलिस पर्फमिङ आर्ट्स र वान वर्ल्ड थिएटरले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रकाशित: असार २४, २०७६