चित्रमा दाम्पत्य जीवन

- नेपाल संवाददाता

महिला–पुरुषको सुमधुर सम्बन्ध मानिन्छ, दाम्पत्य जीवन । यही दाम्पत्य जीवनको सुन्दर पक्षलाई विभिन्न रङ र रुपमा क्यानभासमा कोरेकी छन् कलाकार सविता डंगोलले । ८ असारदेखि इम्ब्रेसेस नामक उनको एक्लो कला प्रदर्शनी पाटन दरबारस्थित इमेज आर्कमा भइरहेको छ । 

३८ वटा क्यानभासमा महिला र पुरुषबीचको सुमधुर सम्बन्ध कस्तो हुनुपर्छ भनेर कलाकार सविताले देखाएकी छन् । उनका कलाकार पति ईशान परियारको रेमिनिसेन्सेजको एकल प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा भएको थियो । ईशानका चित्र कला र संस्कृतिको बचाउको पक्षमा थिए । कलाको रागमा डुबेको यो जोडी समकालीन नेपाली कला जगतमा भिन्दै छाप छोडिरहेका छन् । 

प्रकाशित: असार १९, २०७६

ट्याग: सहरमा