पहेँली सुन्दरी

- नेपाल संवाददाता

भनिन्छ, आफूलाई मनपर्ने मान्छेले नोटिस गरोस् भनेर महिला कालो पहिरन लगाउँछन् अनि आफू सुन्दर लागेमा पहेँलो । यति मात्र छैन, पहेँलो रङको परिभाषा । पहेँलो रङ खुसीको रङ, हाँसोको रङ । सूर्यको रङ ।

र, यहाँ पहेँलो रङको पहिरनमा मोडेल अनुष्का कार्की सजिएकी छन् । र, सिल्कको सदाबहार अम्रेला पहिरनमा अनुष्का सुन्दर देखिन्छिन् । उनलाई यति सुन्दर देखाउने काम भने कुपन्डोलस्थित ड्रिम वयर फ्यासनले गरेको छ । बुट्टेदार पिसमा सजिएकी अनुष्कालाई पहेँलो रङ सुहाएको हो कि पहेँलो रङलाई अनुष्का सुहाएको हो, त्यो भने भन्न कठिन छ ।

प्रकाशित: असार १७, २०७६