‘हिरो’ नम्रता

- नेपाल संवाददाता

नम्रता श्रेष्ठ कम फिल्म खेल्छिन् तर पात्रलाई जीवन्त बनाउन कुनै कसर बाँकी राख्दिनन् । उनलाई आम हिरोइनभन्दा अलग कोटीमा राखिनुको कारण पनि यही हो । मार्सल आटर्स् खेलाडीको चरित्र बोकेको जायराले उनको यो छवि अझ बलियो बनाउने देखिएको छ । उनले चरित्रकै खातिर कपाल ठुटो बनाइन् ।

फिल्मको हिरो पनि उनै हुन् । निर्माण युनिटले प्रचारको केन्द्रमा नम्रतालाई राख्नुले यस्तै छनक पाइन्छ । जति ठूला गफ गरे पनि नेपाली फिल्ममा अझै पनि महिला चरित्रले महफ्व पाएका छैनन् । हिरोइनलाई ‘चटनी’ मा सीमित राखिन्छ । नयाँ पुस्ताका प्रतिभाशाली हिरोइनहरु बिस्तारै यो परम्परागत घेरालाई तोड्दै छन् । जायराबाट नम्रताप्रतिको अपेक्षा त्यही हो ।

प्रकाशित: असार १५, २०७६