भुँडी मिचीमिची हँसाउने भिडियो

- नेपाल संवाददाता

चर्चित व्यक्तिको सग्लो अनुहारलाई बाङ्गोटिङ्गो रुपमा भित्तामा झुन्डिएको देख्दा के तपाईं नहाँसी बस्न सक्नुहुन्छ ? हो, त्यस्तै पेट मिचीमिची हँसाउने क्यारिकेचर महोत्सव राजधानीमा हालै सम्पन्न भयो । प्रतियोगितामा विरोचमान मल्ल पहिलो, नीति श्रेष्ठ दोस्रो र महेश बस्ताकोटी तेस्रो भए । त्यो महोत्सव हेर्न नपाएकाका लागि कार्टुनिस्ट क्लब अफ नेपाल र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले हास्य मुहारचित्रको हासाउने भिडियो बनाएका छन् । त्यो भिडियो सामाजिक सन्जाल युट्युबमा हेर्न सकिनेछ ।

प्रकाशित: असार १२, २०७६

ट्याग: सहरमा