प्रतीक्षामा सृष्टि

- नेपाल संवाददाता

मिस नेपालको ताज पहिरिएकाहरूको फिल्मी यात्रा सुखद छैन । सृष्टि श्रेष्ठ अलग बन्न खोज्दै थिइन् । डेब्यु फिल्म गाजलु जसोतसो हिट पनि भयो । तर त्यसयता सृष्टिको करिअरमा उत्साह छाउन सकेको छैन । रोमियो एन्ड मुना खेलिन्, फ्लप भयो । बाँध मायालेबाट पनि दर्शकको माया पाउन सकिनन् । बरु यहीबीच सौगात मल्लको प्रेममा रमाउन थालिन् । त्यो पनि लुकेर होइन, खुलेरै । एक वर्ष बित्नै लाग्यो, उनको नयाँ फिल्म रिलिज नभएको । यद्यपि फिल्म नखेलेकै भने होइनन् । मासु भात सम्पादनमा छ । अहिले पोई पर्‍यो कालेको सुटिङमा व्यस्त छिन् । दुवै फिल्ममा हिरो अरु होइनन्, सौगात नै छन् । तर कहिले रिलिज हुन्छन् ? टुंगो छैन ।

प्रकाशित: असार ११, २०७६