भुटानी स्वादमा रम्दै

- नेपाल संवाददाता

रातो चामलको भात, गहुँबाट बनेको चताम्पा सुप, पोर्क या बफको करी, भुटानी सेटमा । इच्छाअनुरुप खान सकिन्छ, लिटल टिबेट रेस्टुरेन्ट एन्ड बार, ठमेलमा ।

तिब्बती, थकाली र भुटानी स्वादका विभिन्न परिकार पाइन्छन् । घ्यूमा (तिब्बती ससेज) र धपौ (मःम) यहाँको चर्चित खाना हुन् । एउटै खाएर वाक्क लागेको भए लिटल टिबेटमा स्वाद फेरे पनि हुन्छ ।

प्रकाशित: असार १०, २०७६

ट्याग: सहरमा