मिस नेपाल नर्थ अमेरिकालाई भेट्दा

- नेपाल संवाददाता

अमेरिकामा भएको पहिलो संस्करणको मिस नेपाल नर्थ अमेरिकाको ताज जितिन्, मोनिका घलेले । पहिलोपटक कुनै प्रतियोगिता जितेको बताउने यी २० वर्षीया सुन्दरी नेपाल म्यागाजिनसँग गफिइन् ।

प्रतियोगिता जित्दैमा आफूलाई भुल्ने पक्षमा भने मोनिका छैन । प्रतियोगिताले आफूलाई अरुसामु सुन्दर तरिकाले प्रस्तुत हुन सिकाएको उनी बताउँछिन् । आमाको प्रेरणाले प्रतियोगितामा भाग लिएकी मोनिका सर्जन बन्न चाहन्छिन् ।

‘बाँच र बाँच्न देऊ’ भन्ने सिद्धान्त लिएकी मोनिकालाई मान्छेको खुट्टा तान्ने प्रवृत्ति मन पर्दैन । न्युयोर्कको लेहमन कलेजमा नर्सिङ पढिरहेकी उनी गिटार बजाएर गाउन मन पराउँछिन् । भविष्यमा उनले गाएको गीत बिलबोर्ड चार्टमा देखियो भने आश्चर्य नमान्नुहोला ।

प्रकाशित: असार ६, २०७६

ट्याग: सहरमा