भोटेकोसी सभ्यता

- नेपाल संवाददाता

भोटेकोसी भन्नेबित्तिकै अधिकांश मानिस एड्भेन्चर सम्झन्छन् । तर भोटेकोसी बन्जीजम्प मात्र होइन, कलामा पनि धनी छ ।

लिच्छविकालीन मूर्तिदेखि प्यागोडा शैलीको खरले छाएको मन्दिर त्यहाँको विशेषता हो । कलाको यही भाका बुझेर १५ जना राष्ट्रिय कलाकारले भोटेकोसी नदी आसपासको सभ्यतालाई प्रवर्द्धन गर्न पाटन संग्रहालयमा २६ जेठदेखि २८ सम्म चित्रकला प्रदर्शनी भएको थियो । श्री जैमिन थैपी नारायण परोकार केन्द्र र भोटेकोसी गाउँपालिकाको संयुक्त आयोजनामा भएको प्रदर्शनी उद्घाटन संस्कृतिविद् सत्यमोहन जोशीले गरेका थिए ।

प्रकाशित: असार ५, २०७६

ट्याग: सहरमा