महिला पोसाकमा नृत्य

- नेपाल संवाददाता

सारा सहर सुते पनि ठमेल कहिल्यै सुत्दैन । २८ जेठमा त्यस्तै नै भयो । त्यो दिन ठमेल जाग्ने मात्र होइन, तालमा ताल मिलाएर नाच्यो ।

तेस्रो लिङ्गी मोडल मेघना लामाको रेस्टुराँ, पिंक टिफनी पूरै झुमेको थियो, पहिलो पटक ड्र्याग कलाकारको प्रस्तुतिमा । चेक स्कट, रेड टिसर्ट, लामा कपाल अनि लामै झिमझिम परेली झिम्काउँदै अमेरिकी कलाकार खुब नाचे । दर्शकले पनि झुमेर खुब साथ दिए, महिला पोसाकमा सजिएका कलाकारलाई । नेपालमै पहिलो पटक यस्तो आकर्षक सो गराउन पाउँदा मेघना पनि दंग थिइन् ।

प्रकाशित: असार ४, २०७६

ट्याग: सहरमा