सोलो हिरो

- नेपाल संवाददाता

फिल्म खेल्न थालेको चार वर्ष बित्दा पनि पुष्प खड्काको करिअरले गति लिन सकेको छैन । डेब्यु फिल्म अझै पनि आए/गएको पत्तै भएन, त्यसमाथि सहायक भूमिकामा सीमित थिए । दर्पणछाया २ मा मुख्य भूमिका थियो, तर न फिल्मले दाम कमायो, न त उनको अभिनयले नै प्रशंसा पायो । मंगलमबाट हल्का राहत महसुस गरे । दाल भात तरकारीले पनि उनको साख उकास्न सकेन । हास्य कलाकारको भीडमा हराए । तर बिग बजेटको मारुनीचाहिँ उनको करिअरको ‘टर्निङ पोइन्ट’ का रुपमा हेरिएको छ ।

फिल्मको सोलो हिरो हुन् । अपोजिटमा छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । मारुनीको ‘जाम्न माया जाम...’ गीत युट्युबमा रिलिज भयो, २८ जेठमा । भोलिपल्टै फिचरिङ म्युजिक भिडियो सार्वजनिक भयो, युट्युबमै । दुई साताअघि उनी अभिनीत लोकदोहोरी गीतको भिडियो बाहिरिएको थियो । त्यसपछि अर्को भिडियो आयो । हिजोआज भिडियोको प्रचारप्रसार फिल्मभन्दा कम हुन्न । यसो हुँदा दर्शक झुक्किन्छन्, हिरोका रुपमा आफ्नो क्रेज घट्छ भन्ने हेक्का पुष्पलाई होला/नहोला ?

प्रकाशित: असार १, २०७६

ट्याग: सहरमा