जंकको डाँफे

- नेपाल संवाददाता

प्लास्टिक, प्लास्टिकका बोतल, फलामका टिन क्यान, कागज देख्दा तपाईँलाई फोहोरजस्तो लागेको हुन सक्छ । तर त्यही फोहोरमा केही युवाले कला देखेका छन् । अनि यसको उदाहरण उनीहरुले बनाएको सिर्जना– जंक आर्ट । कतै डाँफे स्वच्छन्द रुपमा उडिरहेको देखिन्छ, कतै अमूर्त आकृति । कतै दिमाग नभएको मानव ।

सगरमाथा नेक्स्टले गरेको प्रतिस्पर्धामा ७ युवा कलाकार जंक आर्ट बनाउन सहभागी थिए । तारागाउँ म्युजियममा उक्त आकृति ४ दिन प्रदर्शनीमा राखिएको थियो । प्रतिस्पर्धामा उत्कृष्ट दुईलाई सगरमाथा बेस क्यापमा लगेर त्यहाँको फोहोरबाट कलात्मक वस्तु बनाई अन्तर्राष्ट्रिय म्युजियममा राखिने कलाकार सौरभ कोइराला बताउँछन् ।

प्रकाशित: जेष्ठ २९, २०७६

ट्याग: सहरमाकला