कफी र किताब

- नेपाल संवाददाता

विलियम वर्ड्सवर्थ र एस टी कोलेरिज जब साहित्य संसारमा प्रवेश गर्न खोज्दै थिए, त्यतिबेला बेलायतमा भर्खरै क्याफेहरु खुलेका थिए । अंग्रेजी साहित्यका यी विख्यात हस्ती क्याफेमा कफी पिउँदै कविता र दर्शनमाथि चर्चा गर्थे । नेपालमा थुप्रै कफी हाउस खुलेका छन्, तर त्यसमध्ये हिमालय जाभा खास छ ।

सन् १९९९ मा एउटा सानो क्याफेको रुपमा खुलेको जाभा अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेको छ । नेपालमा बनेको कफीलाई विदेशमा चिनाइरहेको छ । सहरका विभिन्न कुनामा खुलेका जाभामा बसेर गुणस्तरीय कफी पिउन सकिन्छ, किताब पढ्दै । अमेरिकानोदेखि मोकासम्म कफीको विविध स्वाद लिन सकिन्छ, मःम र बेकरी आइटमको साथमा ।

प्रकाशित: जेष्ठ २९, २०७६

ट्याग: सहरमा