‘नम्बर वान’ को पगरी

- नेपाल संवाददाता

नाईं नभन्नु ल ५ र जय भोले हिट भयो । बुलबुलले चौतर्फी प्रशंसा कमायो । स्वस्तिमा खड्काको दुवै हातमा लड्डु ! अझ बुलबुलको केन्द्रमा उनै थिइन्, जसले टेम्पो चालकको भूमिकालाई जीवन्त बनाएकी छिन् । उनलाई फिल्मको कमी थिएन, त्यसमाथि लगालग नाम र दाम । साँच्चै भ्याइनभ्याइ छ, स्वस्तिमालाई ।

भर्खरै घामट शेरको सुटिङ सकिन् । अपोजिटमा अरु होइनन्, उनकै पति निश्चल बस्नेत छन् । ‘रियल’ जोडीको ‘रिल’ रोमान्सले यस फिल्मलाई प्रतीक्षित बनाएको छ । अब उनले निश्चलकै निर्देशनमा ‘एक्सन–कट्’ गर्ने निधो भएको छ, दिमाग खराबमा । त्यसपछि रेनशा राईको फिल्मलाई समय दिनेछिन् । यसबीच उनी अभिनीत हजार जुनीसम्म प्रदर्शन हुनेछ । म्युजिक भिडियो त छँदै छ । यही कारण हुनुपर्छ, स्वस्तिमालाई ‘नम्बर वान हिरोइन’ पगरी गुथाउन थालिएको ।

प्रकाशित: जेष्ठ २७, २०७६