जब कला बोल्छ...

- नेपाल संवाददाता

रूख नै उसको जीवन हो, समाज सुरक्षाकवच । जब आधुनिकताको होडमा मान्छे भुल्छ, तब कलाकार छट्पटिन्छन्, अनि निस्कन्छ आत्माको आवाज कला बनेर । जस्तो, रुख र नेवारी परम्पराको मण्डलालाई कलात्मक रुप दिएकी छन्, कलाकार सम्झना राजभण्डारीले । सामाजिक सन्जालमा भुलेका मानवलाई झक्झक्याउने प्रयास गरेकी छन्, कलाकार सौरगंगा दर्शनधारीले । ग्यालरी एमक्युबमा दुई महिना बसेर बनाएका यी दुई कलाकारले माध्यम भने प्रिन्टमेकिङ रोजेका छन् । चित्रकला प्रदर्शनी ३२ जेठसम्म चल्नेछ ।

प्रकाशित: जेष्ठ २६, २०७६

ट्याग: सहरमा