नेपाली क्यारिकेचर

- नेपाल संवाददाता

भनिन्छ, शब्दभन्दा धारिलो प्रहार तस्बिरले गर्छ । अनि तस्बिर त्यसमा पनि कडा कार्टुन पर्‍यो भने । त्यसको प्रहार हजार जिब्रो भएका शेष नागले त व्याखा गर्न सक्दैनन् । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र कार्टुनिष्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा नेपाली क्यारिकेचर प्रतियोगिता हुँदै छ । प्रतियोगितामा सहभागी कार्टुनलाई ३० देखि ३२ जेठसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनीमा राखिँदै छ । सामाजिक क्षेक्रमा योगदान गर्ने व्यत्तित्वको क्यारिकेचर बनाइने आयोजकले जनाएका छन् । सधैँ स्वाभाविक रुपमा हेरिएका व्यक्ति कार्टुनचित्रमा कस्ता देखिएलान् ?

प्रकाशित: जेष्ठ २३, २०७६

ट्याग: सहरमाकला