खेल होइन, धड्कन

- नेपाल संवाददाता

 

 

१६ जेठदेखि जारी क्रिकेट कुम्भमेलामा नेपाल प्रतियोगितामा छनोट नभए पनि खेलप्रेमीको आसक्ति भने दिनप्रतिदिन बढ्दो छ । पारखीका लागि यो विश्वकप मात्र नभई मुटुको धड्कन बनेको छ । यसको श्रेय भने नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता जित्नु र सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट लिगमा संलग्न हुनुलाई नै दिनुपर्ला ।

१२ औँ संस्करणको आईसीसी विश्वकप क्रिकेटमा १० देशबीच प्रतियोगिता हुनेछ । क्रिकेटको जन्मदाता इंग्ल्यान्ड र वेल्समा हुने प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका तथा बंगलादेशजस्ता दक्षिण एसियाली मुलुक सहभागी छन् । दुईपक्षीय वैमनस्य भए पनि भारत र पाकिस्तान एकअर्कासँग भिड्दै छन् भने फाइनल खेल लड्समा ११ जुलाईमा हुँदै छ ।

प्रकाशित: जेष्ठ २२, २०७६