रागमान्डु

- नेपाल संवाददाता

भनिन्छ, पश्चिमा संगीतले मान्छेभित्र लुकेको उत्तेजना निकाल्छ भने पूर्वीय संगीतले स्वयंभित्रको शान्ति । काठमाडौँको नयाँ पुस्ता टेक्नो, आर एन्ड बी, रक, ज्याज तथा ग्रन्ज संगीतमा झुमिरहेका बेला भारतीय शास्त्रीय गायनका उस्ताद पण्डित उदय भवालकरले रागको दुनियाँमा लगे, १७ जेठ साँझ । जमलको सांस्कृतिक संस्थानमा भएको कार्यक्रममा दर्शक उदयको सुरमा डुबेका थिए । जब उदयले ध्रुपद शैलीमा भावपूर्ण तथा गहिरो प्रस्तुति दिए, कार्यक्रम जादूमय बन्यो । दक्षिण भारतको सबभन्दा पुरानो गायकी शैली ध्रुपदमा पोख्त उदयले पहिलो पटक नेपालमा गाएका हुन् ।

प्रकाशित: जेष्ठ २०, २०७६