पीपलबोटको खानपान

- नेपाल संवाददाता

बाइरोडको बाटोमा धूलो उडाउँदै... गीत त सुन्नुभएकै होला ।

अब बाइरोडको बाटोमा धूलो उडाउने होइन, बरु स्वादिष्ट परिकार खाऔँ पीपलबोट लन्ज एन्ड बारमा । पुरानो बाइरोड अर्थात् कलंकीबाट माथि ढुंगेअड्डा अर्किड कोलोनीभित्र रहेको रेस्टुराँ सहरका अन्य रेस्टुराँभन्दा भिन्न खानपानका लागि चिनिएको छ । शान्त पारिवारिक वातावरणमा कोरियन चिकन, तावा फिस तथा पी पोटेटो अर्थात् पी आलुको मजा लिन सकिन्छ । सिग्नेचर परिकारका रुपमा रहेका यी तीन वटै रेसिपी विशेष किसिमले बनाइने सञ्चालक सुरेन्द्र तण्डुकार बताउँछन् । सधैँ सहरको भीडभाडमा एकै किसिमको खाना खाएर वाक्क लागेको छ भने पीपलबोट गएर प्राकृतिक हावा खाँदै पाँचतारे होटलकै जस्तो स्वाद लिने कि ?

प्रकाशित: जेष्ठ १९, २०७६