परम्पराको छाया

- शब्द/तस्बिरः विशाल रानामगर

सदियौँदेखि आदिवासी–जनजाति समुदायमा अभिन्न अंगको रुपमा रहिआएको छ, ट्याटु । तराईमा बसोबास गर्ने थारु समुदायले यसलाई खोद्ना वा गोद्ना पनि भन्ने गर्छन् । थारु महिलाले हात, खुट्टापाखुरामा परम्परागत रुपमा तयार गरिएको रंग, सियो र गोबरको प्रयोग गरी चुल्हो, डाडुपन्यु, मजुरलगायतका आकृति छाप्ने गर्थे । बाँके, बैजनाथ गाउँपालिकाकी बैजनी थारु, ६५, युवावस्था सम्झिन्छिन्, “हाम्रो पालामा गोद्ना बनाएपछि समाजमा सम्मानका दृष्टिले हेरिन्थ्यो । त्यसैले विवाहअघि वा पछि गोद्ने चलन थियो ।”

नया पिँढीका थारु युवतीमा भने गोद्नाको संस्कृति हराउँदै गएको छ । आदिवासी–जनजातिमध्ये आफ्नो भाषा, संस्कृति संरक्षण र प्रवर्द्धनमा नेपालगन्जको थारु समुदाय अग्रणी छ । तर पछिल्लो पिँढीले गोद्ना संस्कृति छाड्दै गएकामा थारु समुदायका अगुवाको गहिरो चिन्ता छ ।

तस्बिरहरु हेर्नुहोस:

प्रकाशित: जेष्ठ १९, २०७६