सारी सौन्दर्य

- नेपाल संवाददाता

उर्दू कहावत छ, जब कुनै महिला उर्दू बोल्छिन्, झन् सुन्दर देखिन्छिन् । त्यसरी नै हिन्दु समाजमा एउटा भनाइ परिचित छ, महिला तब सुन्दर देखिन्छिन्, जब सारी लगाउँछिन् । मोडल रीता कट्टेल सलल बग्ने रानी रङको जडीवाल सिल्क सारीमा सुन्दर देखिन्छिन् । रातो सिल्क ब्लाउज र माथिबाट आएको मखमली सलले उनमा निखार ल्याएको छ । मोडल कट्टेललाई यति राम्रो बनाउने काम जनजेली बुटिक कलेक्सन, कुपन्डोलले गरेको हो ।

प्रकाशित: जेष्ठ १६, २०७६