अतिथि सत्कार

- नेपाल संवाददाता

संस्कृत श्लोक छ, अतिथि देवोः भव । अर्थात् पाहुना भनेका देवता हुन् । अनि तिनै अतिथिलाई घर आएका बेला खुवाउन पाउनु जत्तिको ठूलो आनन्द अरु के नै होला र ? ठमेलको अतिथि सत्कार रेस्टुराँ स्वदेशी तथा विदेशी पर्यटकका लागि त्यस्तै छ । नेपाली खाना दाल, भात, क्वाँटीको तरकारीदेखि अन्तर्राष्ट्रिय कन्टिनेन्टल खाना इटालियन स्प्यागेटी, चिनियाँ चिकेन मन्चुरियनका साथै रोटीका विभिन्न परिकार पाइन्छन् ।

प्रकाशित: जेष्ठ १६, २०७६