कलाको महाकुम्भ

- नेपाल संवाददाता

पेन्टिङ, मूर्ति, इन्स्टलेसन, डिजिटल आर्ट, पर्फमिङ आर्ट, ह्यान्डी क्राफ्ट के हेर्ने ? सबै छ, नवौँ राष्ट्रिय कला प्रदर्शनीमा । देशभरबाट आएका ५ सय ९२ कलाकर्मीमध्ये ४ सय ५३ कलाकर्मीका ५ सय १५ सिर्जना प्रदर्शनीमा छन् ।२ जेठबाट सुरु प्रदर्शनी नेपाल आर्ट काउन्सिल, बबरमहलमा २२ जेठसम्म चल्नेछ । प्रदर्शनीका क्रममा आधुनिक, परम्परागत, लोककला गरी १० फरक विधामा ३५ जनालाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित: जेष्ठ ९, २०७६