कैलाशमा पुतला 

- नेपाल संवाददाता

चिक्रकार अस्मिना रञ्जितको ‘स्यात्रिडनेस विदिन एन्ड बियोन्ड   :  मल्टिपल कैलाश’ नामक पेन्टिङ उत्कृष्ट ३० मा पर्न सफल भएको छ । अन्तर्राष्ट्रिय स्पर्धा द सोभ्रेन एसियन आर्ट प्राइजमा छनोट भएको पेन्टिङले मान्छे स्वतन्त्र भए पनि राजनीतिका कारण स्वतन्त्रताको अनुभूति गर्न नपाएको अनुभव छ । कैलाश यात्रामा जाँदा साथीसँग आफ्नो पुतला पठाउँदा कैलाशमै रहेको अनुभूति भएपछि उक्त पेन्टिङ बनाएको उनले बताइन् । उत्कृष्ट पेन्टिङले ३० हजार अमेरिकी डलर हात पार्नेछ ।

प्रकाशित: वैशाख २५, २०७६

ट्याग: सहरमाकला