क्रिकेट खेलाउँछ कर्णाली

- कलेन्द्र सेजुवाल/सुर्खेत

वीरेन्द्रनगर–८, सिम्तालीचोकका रेशम शाही, ४५, को जीवनमा क्रिकेटका दुइटा पक्ष जोडिएका छन् । पहिलो पक्ष उदेकलाग्दो छ, उनले अहिलेसम्म मैदानमा उक्रेर त्रिकेटको ब्याट समातेका छैनन् । दोस्रो पक्ष उज्यालो छ, क्रिकेट बुझ्ने भएदेखि उनले कुनै पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिताको लाइभ हेर्न छुटाएका छैनन् ।

डेढ वर्षअघि उनको जीवनमा दोस्रो पक्षले प्रेरणादायी खुलदुली मच्चायो । सबै ठाउँमा क्रिकेटका ठूल्ठूला लिग हुन्छन्, कर्णालीमा किन नहुने ? यही प्रश्नको जवाफ खोज्ने क्रममा उनले छोटो समयमै सुर्खेतबाट स्पष्ट सन्देश दिएका छन्– कर्णालीले क्रिकेट खेलाउँछ ।

पहिलो पटक जेठ ०७५ मा आयोजना भएको कर्णाली प्रिमियर लिग (केपीएल) को दोस्रो संस्करण १२–२१ वैशाखमा चल्यो । केफीएलका दुइटै संस्करणमा देशका सर्वोत्कृष्ट क्रिकेट क्लबमा आबद्ध राष्ट्रिय त्रिकेटर आएर खेले । “प्रतियोगिता आयोजना गर्नु आर्थिक, भौतिक र सामाजिक हिसाबले मात्र चुनौतीपूर्ण थिएन,” प्रतियोगिताका संयोजक रहेका शाही भन्छन्, “राष्ट्रिय क्रिकेटरलाई कर्णालीमा ल्याउनु थप कठिन काम थियो । तर हामीले यसलाई सम्भव तुल्यायौँ ।” सुरुमा निम्तो दिन जाँदा ‘कर्णालीमा पनि क्रिकेट’ भनेर शंका गर्ने खेलाडीले ‘कर्णालीले पनि क्रिकेट खेलाउँछ’ भन्ने विश्वास बोकेर गएको उनको टिप्पणी छ ।

केपीएल–२ मा कमेन्ट्री गर्दै नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी सदस्य ममता थापा, तस्बिरहरु  : कलेन्द्र सेजुवाल


राष्ट्रिय टोलीका महत्त्वपूर्ण खेलाडीसमेत रहेका न्यु होराइजन बुटवलका कफ्तान शक्ति गौचन त्रिकेटका लागि खासै उर्बर नमानिने कर्णालीको ऊर्जा देखेर चकित छन् । राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न उपयुक्त मैदान नहुँदा–नहुँदै आँट गर्नु सकारात्मक पक्ष रहेको उनको भनाइ छ । कमेन्ट्रीको भूमिकामा रहेकी महिला राष्ट्रिय टोलीकी क्रिकेटर ममता थापा कर्णालीको क्रिकेट दृश्य निकै रोमाञ्चक रहेको बताउँछिन् । भन्छिन्, “कर्णालीको क्रिकेट मैदानमा बसेर खेल हेर्दा निकै खुसी लाग्यो । यसले हामीजस्ता खेलाडीलाई नयाँ खाले ऊर्जा दिएको छ ।”

कम छैन चुनौती

शाहीले पहिलो संस्करणका लागि आफ्नो नेतृत्वमा रहेको बन्धु विकास बहुउद्देश्यीय सहकारीको सहारा लिए । ४५ लाख लागतको उक्त प्रतियोगितामा करिब १७ लाख रुपैयाँ घाटा बेहोर्नुपर्‍यो । कर्णाली क्रिकेट एकेडेमी आयोजक रहेको केपीएल–२ २१ वैशाखमा सम्पन्न भयो । ६० लाख रुपैयाँ लागत अनुमान गरिएको केपीएल–२ को हिसाब लेखाजोखा गरिएको छैन । “हामीले नाफा कमाउन प्रतियोगिता आयोजना गरेका होइनौँ, घरबाट खर्च हाल्न नपरे हुन्थ्यो भन्ने हो,” संयोजक शाही भन्छन्, “घाटै भए पनि यति ठूलो प्रतियोगिता आयोजना गरेको खुसीले सबै बिर्सिंदो रहेछ ।” केपीएलको आडभरोसा भनेकै प्रायोजक हुन् । तर प्रायोजकलाई कर्णालीप्रति ‘कन्भिन्स’ गर्न आयोजकलाई कम्ती गाह्रो

परेन । “पहिलो कुरा त कर्णालीमा क्रिकेट प्रतियोगिता हुन्छ भन्ने उनीहरूलाई विश्वास हुँदैन, विश्वास दिलाइहाले पनि तिनीहरूको नजरमा कर्णालीको बजार सानो छ,” संयोजक शाही भन्छन्, “यसले उनै खेलाडीले खेल्ने प्रतियोगिताका लागि कर्णालीमा निकै न्यून रकम दिइन्छ ।” केपीएल–२ का लागि दुइटा मुख्य र करिब ५० वटा सहप्रायोजक रहे पनि रकम उठ्नेमा ढुक्क हुने अवस्था नरहेको उनको भनाइ छ ।

दर्शक छन्, खेलाडी छैनन्

पुरस्कारको हिसाबले केपीएल देशको चौथो ठूलो क्रिकेट प्रतियोगिता हो । केपीएल आयोजना गर्ने घरेलु मैदानमा भने आफ्नै खेलाडीको अभाव छ । वीरेन्द्रनगर, इत्रामका रवीन्द्रजंग शाही, १९, नेपाली राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने एक माक्र त्रिकेटर हुन् । अरू केही खेलाडी भए पनि उनीहरू राष्ट्रिय टोलीमा पुग्न सकेका छैनन् ।

“कर्णाली फ्रदेशमा क्रिकेटको त्रेज अलि बढी भएको सुर्खेतमा मात्र हो, यहाँ पनि पूर्वाधार अभाव छ,” शाही भन्छन्, “सरकारी स्तरबाट कुनै सहयोग छैन अनि कसरी विकास हुन्छ क्रिकेटको ?” केपीएलमा देशका चर्चित खेलाडी आएर खेल्न थालेपछि क्रिकेटको माहोल बिस्तारै बढ्न लागेको उनको अनुभव छ ।

खेलाडी अभाव केपीएल दोस्रो संस्करणमा पनि देखियो । कर्णाली–११ को टोलीमा ७ खेलाडी बाहिरका छन् । कर्णालीको टिममा कर्णालीकै खेलाडी हुन नसक्नु उसको बाध्यता हो । “कर्णालीका खेलाडी मात्र उतार्दा अन्य प्रतिस्पर्धी टिमसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ,” कर्णाली क्रिकेट एकेडेमीका सञ्चालक शाही भन्छन्, “त्यसैले हामीले यति ठूलो प्रतियोगिता गरे पनि खेलाडी भने बाहिरबाट ल्याउनुपर्‍यो ।”

एकेडेमीको योजना

खेलाडी अभाव पूर्ति गर्न शाहीले कर्णाली एकेडेमी स्थापना गरेका छन् । केपीएल–२ को समाप्तिसँगै एकेडेमी सञ्चालन सुरु हुनेछ । एकेडेमीमा उनीसँगै जीवन शाही, केशव

शाही, टेकबहादुर शाही र मानबहादुर खड्का सञ्चालक छन् । एकेडेमी सञ्चालन गर्न सुर्खेतको चारकुनेमा साढे २ बिघा जग्गा ३० वर्षका लागि भाडामा लिने उनीहरूको योजना छ । भाडाबापत मासिक करिब ५० हजार रुपैयाँ तिर्ने गरी सम्झौता प्रक्रिया अघि बढेको शाही बताउँछन् ।

शाहीका अनुसार एकेडेमी सञ्चालनमा ल्याउन करिब १ करोड रुपैयाँको लागत अनुमान गरिएको छ । “हाम्रो योजनामा सरकारले एक रुपैयाँ पनि सहयोग गरेको छैन, तैपनि आर्थिक जोखिम उठाएर बृहत् योजना बनाएका छौँ,” उनी भन्छन्, “यसले केही वर्षभिक्रै कर्णालीमा राम्रा त्रिकेटर उत्पादन गर्ने हाम्रो विश्वास छ ।” एकेडेमीमा दिवा र रात्रिकालीन खेलका साथै नियमित प्रतियोगिता सञ्चालन गर्ने योजना छ ।


खेलाडी उदार, सरकार अनुदार

‘कर्णालीमा क्रिकेट सम्भव छ’ भन्ने अभियानलाई सार्थक बनाउन बरु राष्ट्रिय क्रिकेटरले दिल खोलेर सहयोग गरे । यहाँका स्थानीय र प्रदेश सरकार भने मौनता साँधेर बसे । यसले केपीएल आयोजकको मनमा गहिरो गुनासो रहिरह्यो ।

आयोजकले स्थानीय तह र प्रदेश सरकारसँग सहयोगका लागि थुप्रै पटक आग्रह गरे । तर उनीहरूले ‘नियम–कानुनले मिल्दैन’ भन्दै निराश बनाउने काम गरे । “मेला–महोत्सवका लागि भने उहाँहरूले आँखा चिम्लेर सहयोग गर्नुभयो,” संयोजक शाही भन्छन्, “कर्णालीमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न खोज्दा भने हामीलाई एक रुपैयाँ नदिएर फर्काइयो ।” क्रिकेट प्रतियोगिता आयोजना भएको कालुन्चोकको मैदान पनि आफैँ निर्माण गरिएको उनी बताउँछन् ।

आफ्नै सरकारको वक्रदृष्टि परेका बेला राष्ट्रिय क्रिकेटरले भने आयोजकलाई ढाडस दिने काम गरे । सामान्यतः यस्ता लिगमा खेलाडीले आयोजकबाट पारिश्रमिक लिन्छन् । कर्णालीका लागि भने उनीहरू उदार बने । आवास, भोजन र यातायात खर्चबाहेक अरू बेहोर्नुपरेन । “उहाँहरूको सहयोगले नै हामीले केपीएलजस्तो ठूलो प्रतियोगिता आयोजना गर्न सकेका हौँ,” एकेडेमीका सञ्चालक खड्का भन्छन्, “महँगो पारिश्रमिक मागेको भए त हामीलाई अझै हम्मे हुन्थ्यो ।”

 

प्रकाशित: वैशाख २४, २०७६