महक पेसा

- शब्द/तस्बिर : सरोज बैजु

महका साथै मैनका लागि मौरीपालन गरिन्छ । मौरी पाल्ने  चलन नभएका बेला मानिसले जंगली मौरीबाट मह संकलन गर्थे । आजभन्दा ४५ सय वर्षअघिदेखि मौरीलाई घरपालुवा बनाइएको विश्वास गरिन्छ । त्यसबेला धूवाँ र धारिलो हतियारको प्रयोगबाट मह निकालिन्थ्यो । यसरी मह निकाल्दा कतिपय मौरी जलेर मर्थे । अहिले भने जालीदार कपडा लगाएर सावधानीपूर्वक मह निकालिन्छ । अहिले मौरीपालन गतिलो आम्दानीको पेसा भएको छ । र, आधुनिक पद्धतियुक्त घार निर्माण गरी पालिन थालेपछि मौरीलाई कुनै असर नपुर्‍याई मह निकाल्न सकिन्छ । यस पेसाका लागि धेरै जग्गा वा लगानी आवश्यक पर्दैन । कम मिहिनेतमा पनि यो पेसा सजिलै अपनाउन सकिन्छ ।

मौरीका धेरै प्रजाति छन् । केही मौरी जंगली हुन्छन् । तर पाल्नका लागि सामाजिक मौरीका प्रजाति उत्तम मानिन्छ । नेपालमा अहिले आर्थिक हिसाबले पालिने मौरी दुई प्रकारका मात्रै छन्, एपी सेरेना र मेला फेरा । एपी सेरेनाको उत्पत्ति एसियाबाट भएको हो । यो तराईदेखि हिमाली भेगसम्म पाल्न सकिन्छ । यो मौरी १ किलोमिटरसम्म चर्ने गर्छ । मेला फेरा जातको मौरी भने गर्मी हावापानी हुने ठाउामा पाल्न उपयुक्त हुन्छ । नेपालमा झापादेखि कैलालीसम्म यसको पालन भइरहेको छ । यो जातको मौरी भने ५ किलोमिटरभन्दा टाढासम्म चर्न जान्छ ।

तस्बिरहरु हेर्नुहोस् :

 

 

प्रकाशित: वैशाख २२, २०७६