हाँडीमा बिरयानी

- नेपाल संवाददाता

मकै भुट्ने हाँडी त देख्नुभएकै होला । अब बिरयानी पनि हाँडीमै उपलब्ध छ । खानाको सोखिन हुनुहुन्छ भने डिल्लीबजार, काठमाडौँमा भर्खरै खुलेको छ, हाँडी बिरयानी रेस्टुराँ । हैदरावादी स्वादमा यहाँ ४ प्रकारका बिरयानी पाइन्छन् ।

भक्तपुरमा निर्मित माटोका भाँडामा मैदाले सिलिङ गरेर ओभनमा पकाउनु यहाँको बिरयानीको विशेषता हो । खसी र कुखुराको मासु, प्राउन तथा शाकाहारीलगायत विविध स्वादका बिरयानी करीसँग खाने रेस्टुराँका संस्थापक पोषण नेपाल बताउँछन् । भन्छन्, "यस्तो बिरयानी नेपालमा नयाँ हो र यसको स्वाद पनि अथेन्टिक छ ।"

 

 

प्रकाशित: वैशाख १०, २०७६

ट्याग: खाना