वास्तविकतामा रमाउनुस्

- नेपाल संवाददाता

प्रविधिको सही प्रयोग गर्न सके वरदान हो नत्र श्राप । स्मार्ट फोन र भर्चुअल दुनियाँमा रहरभन्दा पनि बाध्यताले अड्किएकालाई आख्यानकार बुद्धिसागर एक उदाहरण हुन सक्छन् । कालो साधारण फोन देखाउँदै उनले ट्वीट गरेका छन्, 'यो फोन प्रयोग गर्न थालेपछि गर्दन दुख्न छाड्यो, औँलाहरु झन्झनाउन छाडे, बेलाबखत झुल्किने चरा देख्न थालियो, परिवारसित कुराकानी हुन थाल्यो, बाथरुमको समय आधा घट्यो, हरेक बखत चार्जर खोज्ने टन्टा सकियो, क्यान्डीक्रसजस्ता गेमको लत छुट्यो र खाना तात्तातै खान पाइयो ।' तपाईं पनि भर्चुअल दुनियाँ छाडेर वास्तविकतामै रमाउने कि ?

 

प्रकाशित: वैशाख १०, २०७६