चित्रमा भक्तपुर

- नेपाल संवाददाता

मन्दिरै मन्दिरको सहर हो, भक्तपुर । ५५ झ्याले दरबार, चाँगुनारायण, दत्तात्रय, न्यातपोल मन्दिर तथा सिद्धपोखरीलगायतका दर्शनीय ठाउँ प्रशस्त छन् । कला र संस्कृतिमा उपत्यकाका तीन सहरमध्येको धनी भक्तपुरको सम्पदालाई ३० भन्दा बढी कलाकारले क्यानभासमा उतारेका छन् । धेरै पेन्टिङ पानी रङमा सजिएका थिए भने केही एक्रेलिकमा । 'स्याटरडे प्लेन एयर' समूहले गरेको वर्कसपमा बनाएका चित्र 'एक्स्प्लोरिङ भक्तपुर' शीर्षकमा दरबार स्क्वायरमा ३ दिनका लागि प्रदर्शनीमा राखिएको थियो ।

भक्तपुरका ११ वटा स्थानमा बनाइएका चित्र कलाकारको ११ साताको सामूहिक प्रयास थियो । नयाँ वर्ष अवसरमा दरबार स्क्वायर घुम्न आएका पाहुनालाई पेन्टिङ देखाउँदै कलाकार दिवेश प्रधान भन्छन्, "भक्तपुरको सांस्कृतिक महफ्व झल्काउन बिस्काट जात्रा अवसर पारेर प्रदर्शनी गरेका हौँ ।"

 

 

प्रकाशित: वैशाख ९, २०७६

ट्याग: कला