भर्चुअल जोडी

- नेपाल संवाददाता

अमेरिकी चेन केन्टकी फ्राइड चिकेन(केएफसी) का परिकार खाँदा बट्टामा दाह्रीवाल अधबैंसेको कार्टुन पक्कै हेक्का होला । कार्टुनमा अंकित व्यक्ति केएफसीकै संस्थापक कोलोनेल स्यान्डर्स हुन् । केएफसीले हालै आफ्ना संस्थापकको कृत्रिम मस्कट इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ । युवा पुस्तालाई रेस्टुराँमा आकषिर्त गर्न कोलोनेललाई नयाँ स्वरुपमा प्रस्तुत गरेको केएफसीको दाबी छ ।

झट्ट हेर्दा वास्तविक लागे पनि फुलेको दाह्री र ट्याटुमा सजिएका सुगठित कोलोनेल कम्प्युटरबाट बनाइएका कृत्रिम युवा हुन् । ती युवाको पेटमा 'सफलताका लागि गोप्य विधि’ लेखिएको ट्याटु छ ।

कम्पनीले केही दिनअघि मात्र इन्स्टाग्रामको खाता परिवर्तन गर्दै नयाँ व्यक्तिको फोटोलाई प्रोफाइलमा राखेको थियो । उसका अरु धेरै तस्बिरसँगै भर्चुअल प्रेमिका डेनीको समेत छ । संस्थापकको भर्चुअल फोटो लगालग इन्स्टाग्राममा सार्वजनिक गर्न थालेपछि पारखी दुई मतमा विभाजित छन् । कतिपय प्रशंसक कोलोनेललाई जवान स्वरुपमा देख्दा दंग छन् भने कतिपय खिन्न ।

 

 

प्रकाशित: वैशाख ८, २०७६