सिन्दूर जात्रा

- शब्द/तस्बिर : सरोज बैजु

हातहातमा चिराग, भुस्याः बाजा र कय्ँ बाजाको धून, अनि फुर्र उडेका सिन्दूर र फूल । २ वैशाख ०७६ मा भक्तपुरको थिमि साँच्चै मनमगन देखिएको थियो । जात्रालु संगीतमय तालमा झुमिरहेका थिए । जात्रा चोक, चौबाटो, टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर र फूल बर्साएर स्वागत गरिएको थियो ।

बिस्केट जात्रा अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने सिन्दूर जात्रामा ३२ वटा विभिन्न देवदेवीका खटलाई बाजागाजासाथ नगर परिक्रमा गराइएको थियो । त्यस क्रममा विशेषगरी युवकयुवती आपसमा सिन्दूर दलेर रमाइलो गरिरहेका देखिन्थे । बालबालिकादेखि वयोवृद्धसम्म जात्रालुले उमंगका साथ सिन्दूर खेल्दै यस पटकको सिन्दूर जात्रा बिदा गरे ।

तस्बिरहरु हेर्नुहोस् :

प्रकाशित: वैशाख ८, २०७६