रेस्टुराँतिर ऋचा

- नेपाल संवाददाता

फस्ट लभबाट डेब्यु हुनासाथ ऋचा शर्मालाई भ्याइनभ्याई हुन थाल्यो । नाचगान र रोनाधाना मार्काका भूमिकामा मात्र सीमित भइनन्, उमामा माओवादी छापामार, टलकजंग भर्सेस टुल्केमा घरेलु कामदार बनेर साख बढाइन् । आधा लभ  र सुनकेशरी  निर्माण गरिन् । सफल भएनन् । अहिले त ऋचाले फिल्म पाउनै छाडेकी छन् । स्वस्तिमा खड्का, मेनुका प्रधान, साम्राज्ञीराज्यलक्ष्मी शाहजस्ता हिरोइनको उदय उनका लागि प्रीतिकर भएन । उनको रिलिज हुन बाँकी फिल्म न यता न उता मात्र हो । अभिनय करिअरबाट पाखा लाग्दै गरेकाले हुनुपर्छ, ऋचा रेस्टुराँ व्यवसायतिर लागेकी छन् । सोही कारण कुनै समय एक्सन-कटबाट फुर्सद नपाउने ऋचा अचेल दरबारमार्गमा खोलेको पांग्रा एक्सप्रेसको प्रमोसनमा व्यस्त छिन् ।

 

 

प्रकाशित: वैशाख ३, २०७६

ट्याग: मनोरञ्जन