फोटोमा जंगली जीवन

- नेपाल संवाददाता

जंगलमा गर्जिरहेको बाघ आफ्नै आँखासामु देख्दा कस्तो होला ? बाघ मात्रै होइन, प्रकृतिको सौन्दर्यमा उन्मुक्त भएर नाचिरहेको मयूर, बिनाभिसा आकाशमा उडिरहेका चरा । यी दृश्य 'वाइल्ड लाइफ फोटो प्रदर्शनी' अन्तर्गत भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा प्रदर्शनीमा छन् ।

तराईका भूभागमा पाइने जनावर तथा पक्षीलाई फोटोग्राफर सागर गिरीको क्यामेराले कैद गरेका हुन् । नेपाल भन्नेबित्तिकै हिमाल सम्झने पर्यटकका लागि खिचेको बताउने सागरका फोटा साँच्चै कलात्मक छन् ।

प्रकाशित: वैशाख २, २०७६

ट्याग: सहरमा