मामाज् चिकेन बिरियानी

- नेपाल संवाददाता

घरेलु स्वादमा चिकेन बिरियानी खाने मन छ भने पुल्चोकको ममाज् करिज उपयुक्त थलो हुन सक्छ । ममाज् करिजकी सञ्चालक जुली लामा आफैँले तयार गरेर परिकार सर्भ गर्छिन् । परिवारमा रहेको पाककला सीपलाई व्यवसायमा परिणत गरेकी हुन् जुलीले । ताजा इन्डियन परिकार पाइने यहाँको स्पेसल नै राइतासँग चिप्लोचाप्लो कम भएको चिकेन बिरियानी हो । बिहानको समयमा मात्रै पाइने चिकेन बिरियानीका निम्ति यहाँ पारखी झुम्मिन्छन् ।

 

 

 

 

 

प्रकाशित: वैशाख २, २०७६

ट्याग: सहरमा