क्रिकेट आइकन : समाचार निर्माता २०७५

समाचार निर्माता २०७५

सन्दीप लामिछाने | रोहित पौडेल : क्रिकेटर

अन्तर्राष्ट्रिय खेलमा कुनै नेपालीले छलाङ मारेका छन् भने त्यो निर्विवाद नाम हो, सन्दीप लामिछाने । राष्ट्रिय टोलीमा छिरेको तीन वर्षमै खेलकौशलबाट विश्वका विख्यात क्लब उनलाई भित्र्याउन तँछाडमछाड गरिरहेका छन् । सन् २०१८ को इन्डियन पि्रमियर लिग (आईपीएल) मा खेलेपछि उनलाई विश्वभरका लागि क्रिकेटको मैदान खुल्न थाल्यो । यति धेरै विश्व क्रिकेट लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन्, सन्दीप ।

यो वर्ष अस्ट्रेलियाको बिगबास लिग खेल्नु उनको ठूलो उपलब्धि हो । उनी सम्मिलित मेलबर्न स्टार्स फाइनलमा पराजित भयो । तर पौडेलले ११ खेलमा २ विकेट लिए । बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग खेले । अहिले फेरि आईपीएलमा आफ्नो कौशल पस्किरहेका छन् । गत सिजन वेस्टइन्डिजको क्याराबियन पि्रमियम लिगमा उत्कृष्ट प्रदर्शन गरेकामा यसपालि सन्दीपले ब्रेकथ्रु स्टार अवार्ड पाए । विश्वका क्रिकेटरप्रेमी पुस्ताले सन्दीपलाई आफ्नो डि्रम क्रिकेटरका रुपमा पुकार्ने हैसियत बनेको छ ।

विख्यात क्रिकेटरद्वय सचिन तेन्दुलकर र साहिद अफ्रिदीको नाममा रहेको कीर्तिमान तोडेर एकाएक चर्चामा आए, रोहित पौडेल । १६ वर्ष १ सय ४६ दिनमै अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अर्धशतक बनाएर विश्वकै कान्छो अर्धशतकधारी खेलाडीको कीर्तिमान रोहितको नाममा कुँदियो । माघमा युएईविरुद्धको खेलमा पौडेलले ५५ बलमा ५८ रन सिर्जेका थिए । पौडेललाई क्रिकेट खेलाडी संघले २०१८/१९ का लागि उदीयमान खेलाडीको उपाधि दियो । अनि, देशले अन्डर-१९ टिमको कप्तानी ।

प्रकाशित: चैत्र २८, २०७५