अतिवाद : दायाँ-बायाँ (समाचार निर्माता २०७५)

समाचार निर्माता २०७५

नेत्रविक्रम चन्द | सीके राउत : नेता

सीके राउतनेत्रविक्रम चन्द 'विप्लव' दुवैले अतिवादी बाटो अवलम्बन गरेका थिए । विप्लवको तुलनामा राउतको कदम अझ बढी खतरनाक थियो । विप्लवको मुख्य माग सत्ता परिवर्तन छ भने राउतले राज्य टुक्र्याउने माग राखिरहेका थिए । यी दुवैले माग पूरा गर्न/गराउन ठीक विपरीत बाटो अख्तियार गरे ।

राउतले देश टुक्र्याउन पाउनुपर्छ भने पनि हतियार बोकेनन् । सशस्त्र समूह खडा गरेनन् । शान्तिपूर्ण रुपमा आफ्ना माग अघि सारे । संयुक्त राष्ट्रसंघदेखि युरोपियन युनियन, चीन, भारतसम्म्म आफ्ना मागलाई स्थापित गराउने प्रयास गरे ।

राउतको संगठन सन्जाल खासै ठूलो थिएन । खासगरी तराई मधेसका आठ जिल्लामा सीमित थियो । केही युवा मात्र उनका पछि थिए । सरकारले पटक-पटक पक्राउ गरेर राउतलाई देशद्रोहको मुद्दासमेत लगायो । पछिल्लो पटक सात महिना लामो जेलयात्रापछि राउतलाई सर्वोच्च अदालतले एकाएक रिहा गरिदियो । रिहा भएकै भोलिपल्ट उनले सरकारसँग सहमति गरेर विखण्डनको मुद्दा परित्याग गरेविप्लवले भने सशस्त्र समूह नै गठन गरेविभिन्न स्थानमा बम विस्फोट गराए । त्यही कारण सरकारले उनको संगठनमाथि प्रतिबन्ध लगायो ।

 

प्रकाशित: चैत्र २८, २०७५