धरमरमा प्रधानन्यायाधीश : समाचार निर्माता २०७५

समाचार निर्माता २०७५

चोलेन्द्रशमशेर राणा | प्रधानन्यायाधीश

२९ औँ प्रधानन्यायाधीशका रुपमा १८ पुसमा शपथ लिए, चोलेन्द्रशमशेर राणाले । उनको विगत विवादरहित होइन । तर प्रारम्भिक तीन महिनाका केही आदेश र न्यायाधीशमाथिका कारबाहीले उनी चर्चामा मात्र आएनन्, न्यायालयको बिग्रेको छवि सुध्रिने अपेक्षा पनि बढाइदियो । ०४६ को राजनीतिक परिवर्तनलगत्तै विश्वनाथ उपाध्यायपछि सबैभन्दा लामो चारवर्षे कार्यकाल राणाले न्यायालय हाँक्नेछन् । त्यसैले पनि उनका सकारात्मक कदमले न्यायालय तरंगित हुने नै भयो । न्याय परिषद्को १९ चैतको बैठकले सिफारिस गरेका न्यायमूर्तिका अनुहारले भने राणा आफ्नो पुरानै विवादित बाटोमा हिँड्ने छाँट देखाएको छ ।

प्रकाशित: चैत्र २८, २०७५