आँचलले पारिश्रमिक बढाएपछि...

- नेपाल संवाददाता

आँचल शर्माको बलबुतामा कुनै फिल्म हिट भएका छैनन् । शत्रुगतेको सफलताको जस हरिवंश आचार्य र दीपकराज गिरीलाई जान्छ । ब्ल्याकजोनी जेन्टलम्यान त फ्लप नै भए । तैपनि उनको अभिनय अन्य समकक्षी हिरोइनभन्दा कमजोर नभएकाले भटाभट नयाँ फिल्मको प्रस्ताव आउन थाले । यही मौकामा पाँच लाखभन्दा कममा काम नगर्ने अड्डी कसिन् । सोही कारण गोपी गुमाउनुपर्‍यो । दालभात तरकारीको छायाँकन सकिएको चार महिना बितिसके पनि अरु फिल्ममा अनुबन्ध भएकी छैनन् । निर्माता/निर्देशक आफैँ तर्कन थालेका छन् । तैपनि आँचललाई सुर्ता छैन, म्युजिक भिडियोमा भ्याइनभ्याई छँदै छ ।

 

प्रकाशित: चैत्र २५, २०७५

ट्याग: सहरमा