मनोजीय सिनेमा

- नेपाल संवाददाता

अनेक मुद्दा छन् नेपाली फिल्म निर्माण गर्न । सायद यस्तै लाग्छ, निर्देशक मनोज पण्डितलाई पनि । यसैले उनी कहिले ग्रेटर नेपाल, दासढुंगा, वधशाला, छायाजस्ता फरक धारका फिल्म निर्देशन गर्न रुचाउँछन् । यसपटक पनि मनोज यस्तै देखिए । कमलजंग कुँवर लिखित गैंडालाई चार वर्ष पुस्तकलाई उनले पर्दामा उतार्ने दुस्साहस गरे ।

वातावरण संरक्षणका लागि जैविक चक्र किन आवश्यक छ भन्ने मूल सन्देश रहेको खाग   फिल्म गैंडाको खाग तस्करीमा केन्द्रित छ । जम्मा ९० मिनेटको यो फिल्म मसालेदार जनराको भने होइन । कलात्मक शैलीमा बनेको छ यो फिल्म । नेपालको वन्यजन्तु संरक्षण र यसमा बारम्बार देखिने चुनौतीबारे रुचि हुनेका लागि फिल्म अब्बल हुन सक्छ । फिल्म अझै राम्रो बनाउन सक्थे मनोजले, यो बेग्लै कुरा हो । तर फिल्म बनाउने मामलामा चलनचल्तीको सूत्र पछ्याउँदैनन्, मनोज । मनोजीय शैली भने पनि हुन्छ यसलाई ।

प्रकाशित: चैत्र ५, २०७५

ट्याग: फिल्म