कर्नाली ब्लुजको पुनर्जन्म

- नेपाल संवाददाता

नेपाली पाठकको मन उद्वेलित गरेको उपन्यास कर्नाली ब्लुज अब अंग्रेजी अवतारमा आउन लागेछ । माइकल हटले अंग्रेजीमा अनुवाद गरेको बुद्धिसागरको पहिलो उपन्यास छाप्न तयार छ, भारतीय प्रकाशक स्पिकिङ टाइगर । २९ फागुनमा लेखकले ट्वीट गरे, 'गुड न्युज  !'

 

दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सका पाठकले नेपाली परिवेशमा लेखिएको यो उपन्यासलाई कस्तो मान्ने हुन्, कुन्नि !

प्रकाशित: चैत्र ३, २०७५

ट्याग: साहित्य