आमाको सुर्केथैली

- नेपाल संवाददाता

सौरगंगा दर्शनधारीलाई के लाग्यो कुन्नि ! यसपटक उनले आफ्नो कला थैलीमा चलाइन्, त्यो पनि आमाको । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सौरगंगाले आमाका रंगीचंगी थैलीहरुलाई इचिङ स्टाइल दिइन् । त्यतिले मात्र पुगेनछ क्यारे, काष्ठकलामा समेत उनले आफ्नो क्षमता उजागर गरेकी छिन् । एकातिर उनी आमाको ममतामा लुटपुटिँदै सुर्केथैली बनाउँछिन् भने अर्कातिर फुटबल खेल्दा र चंगा उडाउँदा नारी विम्ब सधैँ नै गायब किन भन्ने प्रश्न गर्छिन् ।

फुटबल पनि खेल्छन्, महिला । चंगा पनि उडाउँछन्, महिला । तर त्यसको प्रतीक अझै पनि पुरुषलाई मात्र मानिनुमा पुरुषवादी सोचको परिणाम देख्छिन् उनी । इचिङ यस्तो विधि हो, जसमा जिंक पातामा चित्र बनाएर त्यसलाई रेजिन र रसायनको मिश्रण गरिन्छ । अनि जन्मिन्छ, कला ।

प्रकाशित: फाल्गुन २६, २०७५

ट्याग: कला