धारामा छैन, एटीएममा पानी

- नेपाल संवाददाता

काठमाडौँको सडक पखाल्न पुग्ने गरी मेलम्चीको पानी तुरुन्तै आइहाल्ने छाँटकाँट देखिएन ।  त्यसैको शोधभर्ना हुन सक्छ, उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ललितपुर महानगरपालिकाको आँगनमा वाटर एटीएम सञ्चालनमा ल्यायो ।

एटीएम अर्थात् अटोमेटेड टेलर मेसिन पैसा झिक्ने यन्त्र हो, तर हामीकहाँ पानी निकाल्ने मेसिनलाई पनि एटीएम नै भनियो । बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाको भनाइ पत्याउने हो भने काठमाडौँ उपत्यकाका २० ठाउँमा पँधेरो न्वारान गरिएको यो एटीएमबाट २ सय मिलिलिटर र एक लिटर पानी सशुल्क पिउन पाइने सुविधा छ । मेलम्चीको पानी आउन ढिलो हुने भएकाले अहिलेलाई एटीएमबाटै काम चलाउँदै गर्ने हो ? हेलो सरकार !

प्रकाशित: फाल्गुन २६, २०७५

ट्याग: सहरमा