खोलो फर्किने भयो...

- शब्द/तस्बिर: अंगद ढकाल

बितेको समय र बगेको खोलो फर्कन्न भन्छन् । छाडिगएको पुरानो धारमा खोलो फर्काउने प्रयास भने राजधानीमै जारी छ ।

मनोहरा जग्गा एकीकरण आयोजनाले विसं २०२१ को नापीअनुसार काठमाडौँ, पेप्सीकोलास्थित मनोहरा खोला साबिककै स्थानमा फर्काउने काम धमाधम चल्दै छ अहिले । पेप्सीकोलादेखि जडीबुटी पुलसम्म करिब २ किमि दूरीमा खोला फर्काउन लागिएको हो । आयोजना प्रमुख इन्द्रमानसिंह सुवालका अनुसार खोलाको बहाव क्षेत्र ३० मिटरको हुनेछ भने खोलाको दायाँ र बायाँ ९-९ मिटरको हरियाली क्षेत्र र त्यसपछि ११ मिटरको बाटो हुनेछ । मनोहरा करिडोरको उक्त बाटो नरेफाँट हुँदै बालकुमारीमा गएर जोडिनेछ । बहाव क्षेत्रमा स्थानीयको सामान्य विवाद रहे पनि त्यो अहिले समाधान भइसकेको सिंहको स्पष्टोक्ति छ । 

प्रकाशित: फाल्गुन १५, २०७५

ट्याग: दृश्य