यसो गर्दा कांग्रेस मान्ला कि ?

- सुरेश किरण

वास्तवमा नेपाली कांग्रेसलाई मेडिकल कलेज खोल्न दिइएकामा भन्दा पनि आफ्ना नेताहरुको नाममा मेडिकल कलेज खोल्न नदिइएकामा बढी रिस उठेको रहेछ । त्यसैले मात्रै कांग्रेस सडकमा आएको हो । तसर्थ जबसम्म आफ्ना नेताहरुको नाममा मेडिकल कलेज खोल्ने काम हुँदैन तबसम्म कांग्रेसको आन्दोलन जारी होलाजस्तो छ ।

अब यस्तो अवस्थामा कांग्रेसको आन्दोलन टुंग्याउने हो भने एउटा काम गर्न सकिन्छ । त्यो के भने सरकारले राजधानी काठमाडौँमै अरु पाँच वटाजति मेडिकल कलेज खोलिदिने । अनि त्यसको नामचाहिँ क्रमश: यसरी राख्ने– गिरिजाप्रसाद कोइराला मेडिकल कलेज, सुशीला कोइराला मेडिकल कलेज, सुजाता कोइराला मेडिकल कलेज, शशांक कोइराला मेडिकल कलेज र अन्तमा मनीषा कोइराला मेडिकल कलेज ।

यति भएपछि त डा गोविन्द केसीले थप मेडिकल कलेज खोल्नुहुन्न भने पनि कांग्रेसले ‘यतिचाहिँ खोलौँ, त्यसपछि थप नखोलौँ’ भन्न थाल्नेछन् कि ? 

प्रकाशित: माघ २९, २०७५

ट्याग: परिहास