अञ्जु–मनोज सहकार्य

- नेपाल संवाददाता

वैवाहिक सम्बन्धविच्छेदपछि पहिलो पटक गायिका अञ्जु पन्त र गायक एवं संगीतकार मनोजराजले एकसाथ गजल गाएका छन्, ‘सम्झे पनि तिम्रो याद ।’ गजलकार सुरेश वाग्लेको पछिल्लो एल्बम तिमी साथ भएपछिमा समावेश गजललाई स्वयं मनोजले नै संगीत भरेका हुन् । अञ्जु र मनोजराजको वास्तविक कथा देखाइएको उक्त गीतको भिडियोमा मनोजको भूमिकामा मोडल अनिल थापा र अञ्जुको भूमिकामा अभिनेत्री प्रियंका कार्कीको अभिनय छ ।

हेर्नुहोस् भिडियो :

प्रकाशित: माघ २८, २०७५

ट्याग: गीतसंगीत