कला मेला

- नेपाल संवाददाता

कार्टुनिस्ट क्लबको संयोजनमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले सिर्जनात्मक कला महोत्सव गरेको छ । यसअन्तर्गत परफरमेन्स आर्ट प्रतियोगिता, कार्टुन कार्यशाला एवं प्रतियोगिता, वास्तुकला प्रवद्र्धनात्मक स्थलगत चित्रकला कार्यशाला र प्रतियोगिता वसन्तपुर परिसरमा भए । प्रत्येक विधामा प्रथम, द्वितीय तथा तृतीय हुनेलाई क्रमश: दस, सात र पाँच हजार रुपैयाँको पुरस्कार रहेको छ । यही कार्यक्रमअन्तर्गत नेपाली कार्टुन (व्यंग्यचित्र) को इतिहाससम्बन्धी वृत्तचित्र निर्माण र पुस्तक लेखनसमेत हुने भएको छ ।

प्रकाशित: माघ २८, २०७५