निरुताको पुनरागमन

- नेपाल संवाददाता

दक्षिणा, दर्पण छाया, आफन्त, आफ्नो मान्छे आदि चलचित्रमा गरेको जीवन्त अभिनयका कारण अभिनेत्री निरुता सिंहलाई सम्झिरहन्छन् दर्शक । लामो समय चलचित्र नगरीबाट टाढा रहेकी निरुता नाइँ नभन्नु मा केमियो भूमिका हुँदै दाल भात तरकारीमा देखिन लागेकी छन् । नयाँ वर्षमा रिलिज हुन लागेको चलचित्रमा उनलाई हरिवंश आचार्यको जोडीका रुपमा देख्न पाइनेछ । युट्युबको ट्रेन्डिङमा रहेको सो चलचित्रको पहिलो गीत ‘ भिजिट भिसा...’ मा पनि उनको अभिनय निकै रुचाइएको छ ।

हेर्नुहोस् भिडियो :

प्रकाशित: माघ २१, २०७५

ट्याग: मनोरञ्जन